म्ंसिर २२,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विकास तथा पुर्वाधार विज्ञ गजेन्द्र थपलियाले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन । नेपाल इन्जिनियर एशोसिएसनका पदाधिकारीसंगको अन्तक्रियासंगै थपलियाले आइतबार पदभार ग्रहण गरेका हुन । मंसिर १ गते नै प्रधानमन्त्री ओलीले विकास विज्ञका रुपमा नियुक्त गरेपनि थपलियाले पुर्वाधार र विकासको सन्दर्भमा कसरी अगाडी बढ्न सकिन्छ भन्दै आइतबार इन्जिनियरहरुसंग छलफल गरे पश्चात औपचारिक रुपमा काम सुरु गरेका हुन । छलफलको क्रममा इन्जिनियरहरुले प्रधानमन्त्रीलाई सफल बनाउन विज्ञको रुपमा थपलियाले विभिन्न रणनिती बनाउन पर्नेमा जोड दिए । उनिहरुले थपलियालाई शुभकामनासहित सुझाव समेत दिएका छन ।
इन्जिनियर काउन्सिलका अध्यक्ष डिल्ली निरौलाले पुराना र म्याद थप गरिएका बहुबर्षिय ठेक्काका योजनालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले भने १० औँ बर्ष सम्म पनि निर्माण नभएका योजनालाई कसरी व्यवस्थित गर्ने ? यो विषयमा प्रधानमन्त्री कार्यालयले तत्काल सोच्न जरुरी छ । उनले राईट पर्सन , राईट प्लेसमा रहनुपर्ने भन्दै बक्तव्यवाजी भन्दा परिणाममुखी काममा ध्यान दिनुपर्नेमा जोड दिए । उनले संघिय रोड, प्रादेशिक रोड स्थानीय रोडलाई छुट्याएर आवश्यक बजेट विनियोजन गर्नपर्नेमा जोड दिए । निरौलाले विकास र पुर्वाधारको सवालमा अन्य विज्ञहरुसंग पनि आवश्यक सल्लाह लिन आग्रह गरे । निरौलाले भने– विहान ६ बजे उठेर मन्त्री निवासमा चाकरी गर्ने कर्मचारी हैन, फिल्डमा उत्रने व्यक्ति आवश्यक छ । त्यसअनुरुपले प्रधानमन्त्री कार्यालय अघि बढोस् ।
यसैगरी नेपाल इन्जिनियरिङ एशोसिएशनका अध्यक्ष प्रा.डा.त्रिरत्न बज्राचार्यले प्रधानमन्त्रीको स्प्रिटमा काम गर्न सचिवालय तयार हुनुपर्नेमा जोड दिए । उनले निर्माण प्रक्रिया ढिलासुस्ती भईरहेको बताउदै सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायीको पनि गुनासो सुन्नुपर्नेमा ध्यानाकर्षण गराए । उनले सरकारले निजी क्षेत्रसंग सहकार्य गरेमात्रै ठोस काम गर्न सक्नेमा सचेत गराए ।
पिनका अध्यक्ष ई. सम्भुु श्रेष्ठले कामको प्रचार व्यापक मात्रामा गर्नुपर्ने, भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने, कुर्सीको सदुपयोग गर्न नसक्नेलाई कारवाहीको प्रकृया अघि बढाउनुपर्ने लगायतका सुझाव दिए । इन्जिनियरिङ संस्थाका प्रोजेक्ट मेनेजर जगत श्रेष्ठले गुणस्तरिय काममा कुनै कन्जुस्याई नगरी असारे विकासको प्रथालाई अन्त्य गर्न सुझाव दिए ।
नेपाल इन्जिनियरिङ एशोसिएशनका उपाध्यक्ष इन्जिनियर अर्पणराज सिलवालले विगतको गल्तीलाई वर्तमानको सिकाईको रुपमा लिनुपर्ने, भ्रमबाट मुक्त हुन कानुनी राज्यको अनुभुत हुने प्रकारको काम गर्नुपर्ने सुझाल दिए । नेपाल इन्जिनियर एशोसिएसनका महासचिव छविराज पोखरेलले निर्माण व्यवसायी जो कोहीले १२ बर्ष वा १ बर्षमा बनाएपनि एउटै व्यवहार गर्न नहुनेमा जोड दिए । उनले विकास निर्माणमा सरकारले गुणस्तर कायम गर्न हरदम प्रयास गर्नुपर्नेमा जोड दिए उनले विकास निर्माणको काममा अव राज्यले आफ्नो शसक्त निकाय सर्तकता केन्द्रलाई सक्रिय बनाउन आवश्यक रहेको बताए । उनले विकासको काम सम्पन्न भएपछि यसो भएन , उसो भएन भन्नुभन्दा पनि निर्माणकै सिलसिलामा कडा निगरानी राख्नुपर्नेमा जोड दिए । उनले काउन्सिल, एनइए र सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । इन्जिनियर भेषराज थापाले विकासमा भएको खर्च अनुसारको प्रगति हुन नसकेकोले त्यसलाई कामको आधारमा खर्च हुने वातावरण सिर्जना गर्नुपर्ने, काम नेपाल सरकारले गर्ने अनि अन्तिम समयमा आएका दाताले हामीले आयोजना निर्माण गरी सम्पन्न गर्र्यौ भन्ने परम्परालाई अन्त्य गर्नुपर्ने बताए ।
पिनका केन्द्रीय सदस्य सञ्जिव रोकाहाले वार्षिक योजना र प्राथमिकताका आधारमा आयोजना अघि बढाउनु पर्ने, विज्ञताको टिमलाई विशेष रुपमा परिचालन गर्नुपर्ने, सात वटै प्रदेशमा विषय विज्ञको टिम परिचालन गर्नुपर्ने लगायतका सुझाव दिए । गोविन्द पौडेलले ऐन नियम वारम्वार शंसोधन मात्र गर्ने नभई विषय विज्ञ तथा सरोकारवाला निकायसंग व्यापक मात्रामा छलफल गरी स्थायीत्व दिनुपर्ने सुझाव दिए ।
स्क्यापका महासचिव इन्जिनियर कृष्ण सापकोटाले ठेक्दारले एड्भान्स रकम लिने र काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता खारेज तथा कानुनी प्रकृयामा अघि बढ्नुपर्ने, आवश्यकता अनुसारको योजनालाई प्राथामिकताका आधारहरु छुट्याउनुपर्ने, अध्ययन अुनसन्धानलाई विशेष प्राथमिकता दिनुपर्ने लगायतका सुझाव दिए ।
सबैको सुझावपछि विज्ञ थपलियाले इन्जिनियरसंगको छलफलले उत्साहित बनाएको भन्दै विशेषगरी दुईवटा विषयमा केन्द्रित हुने भन्दै १५ दिनभित्र देशभरीको योजनाका विषयमा विस्तृत जानकारी लिन लागेको जानकारी गराए ।
उनले कर्मचारीतन्त्रमा समस्या मात्रै देखाउने,काम नगर्ने मानसिकता रहेको बताए । उनले जलविद्युत, सडक, रेल र एयरपोर्टका क्षेत्रमा विज्ञहरुलाई एकैठाँउमा राख्ने रोष्टर बनाउने योजना सुनाए । उनले सकारात्मक सोच लिएर सकारात्मक परिणाम निकाल्ने तरिकाले इमान्दारितापुर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।