मंसिर २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख वामदेव गौतम अहिले आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन् । त्यसो त बेलाबखत बेमौसमी र सार्वजनिक खपतका लागि चर्का कुरा गरेर चर्चामा आउने नेता गौतमको स्वभाव नै हो ।
राष्ट्रिय सभाका निर्वाचन नजिक आइरहेका बेला यसपटक नेता गौतमले आफू नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा आउन आग्रह गरेको सरकारी सञ्चार माध्यम रासससँगको अन्तर्वातामा बताएका छन् । उनले यो अन्तर्वातालाई विभिन्न अनलाइन र सामाजिक सञ्जालले महत्वका साथ प्रसारणसमेत गरेका छन् ।
तर, आफूचाँही संविधान शंसोधन गरी राष्ट्रिय सभाबाट समेत प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको खण्डमा मात्र राष्ट्रिय सभा सदस्यमा जाने उनको दाबी छ ।
नेता गौतमले प्रधानमन्त्री बनाउने गरी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत आश्वासन र सहयोग रहने नेता गौतमको दाबी छ । उनको यस अभिव्यक्तिलाई राजनीतिक क्षेत्र र बौद्धिक वर्गले बच्कनापन र हचुवा भनाइका रुपमा लिएको टिप्पणी समेत यसबीचमा सार्वजनिक भएको छन् । साँघु साप्ताहिकमा खबर छ ।