पौष ४, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक स्थगित भएको छ । अब यही पुष १० गते मात्र बैठक बस्ने नेपाली काँग्रेस कार्यालयले जानकारी दिएको छ ।
कांग्रेस सह–महामन्त्री डा प्रकाशशरण महतले दिनुभएको जानकारी अनुसार यो बीचमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति खोज्ने हिसाबले बैठक पुष १० गतेसम्मको लागि स्थगित गरिएको हो ।