सभापति कल्याणीकुमारीको चिन्ता : ‘वीरगञ्ज र राजविराजमा तत्काल कोरोना परीक्षण ल्याब भएन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाण्डौ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले वीरगञ्ज र राजविराजमा तत्काल कोरोना परीक्षण ल्याब स्थापना गर्न माग गरेकी छन् । प्रदेश नं २ को प्रमुख व्यापारिक केन्द्र र भारतबाट नेपाल प्रवेश गर्ने मुख्य द्वार वीरगञ्जमा कोरोना परीक्षणको ल्याब नहुनु दुःखद भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

‘सरकार, वीरगञ्जस्थित तत्कालीन नारायणी अञ्चल उपक्षेत्रीय अस्पताल र राजविराज अस्पतालमा तत्काल कोरोना परीक्षण ल्याब स्थापना गरियोस्’ खड्काले फेसबुकमा लेखेकी छन् ।
उच्च जोखिममा रहेका प्रदेश नं २ का सबै जिल्ला अस्पतालमा कोरोना परीक्षण ल्याब स्थापनाको प्रक्रिया अघि बढाउनसमेत उनले माग गरेकी छन् । रौतहट घर भएकी सांसद खड्का समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित भएकी हुन् । आइतबार मात्रै वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस