सेयरबजारमा ऋणात्मक सर्किट ब्रेक, १० करोड रुपैयाँको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ३०, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख ३०, काठमाण्डौ ।  लकडाउनपछि पहिलोपटक खुलेको सेयरबजारमा ऋणात्मक सर्टिक ब्रेक भएको छ। नेप्से सूचक २ प्रतिशतभन्दा बढीले घटेका कारण ऋणात्मक सर्किट ब्रेक भएको हो। २ घण्टाको कारोबार खुलाउने सरकारी निर्णयअनुसार आज ११ बजे कारोबार खुलेको हो। आज नेप्से २५ अंकले घटेर १ हजार २ सय २६ अंकमा कायम भएको छ भने १० करोड रुपैयाँको कारोबार भएको छ। बजारमा १ लाख ६ हजार कित्ता सेयरको कारोबार भएको हो। आज सबै सूचकहरु घटेका छन्। बैंक, निर्जीवन बीमा, होटल, ट्रेडिङलगायत सबै दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। जीवन बीमा तेहरो अंकले घट्दा होटल र फाइनान्स कम्पनीहरु एकल अंकले घटेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस