बैशाख ३१, काठमाडौ । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ ।
आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।