बजेटको प्राथमिकता कृषि, रोजगारी र पूर्वाधार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । यतिबेला आगामी आर्थिक बर्ष २०७७,७८ को बजेट निर्माणको तयारी हुँदैछ । संसदमा बजेटपूर्वको छलफल सकिएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले आगामी बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा जानकारी गराइकेका छन् । बजेट अधिवेशनकै क्रममा बजेटको प्राथमिकता स्वास्थ्य, पूर्वाधार निर्माण, रोजगारी सिर्जना र कृषिको व्यावसायिकतामा बढी केन्द्रीत हुनुपर्ने सुझाव सांसदहरुको छ ।

कोरोना संक्रमणका कारण आगामी बजेटको प्राथमिकता पक्कै पनि सामान्य अवस्थामा ल्याइएका अघिल्ला बजेटहरुभन्दा फरक हुनेछ । यसैबीचको लकडाउनका कारण अर्थतन्त्रले व्यहोर्नुपरेको क्षतिसमेत पूर्ति हुने गरी बजेट निर्माण गर्नुपर्ने जिम्मेवारीमा छ सरकार । सँगै निजी क्षेत्रका कतिपय माग पनि यहिं बजेटबाटै सम्बोधन गर्नुपर्ने अवस्था छ । बेरोजगारी बढ्ने आँकलन भइरहँदा श्रमिकको सुरक्षाको विषय पनि उत्तिकै महत्वपूर्ण छ । महत्वपूर्ण आर्थिक गतिविधि ठप्प हुँदा सरकारको आम्दानीको स्रोत खुम्चिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस