सिभिल बैंक र सेलपेबीच सहकार्य !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ ६, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । सिभिल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रवद्र्धनका लागि भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । बैंकका उपप्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेल र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहकार्यसँगै सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत जुनसुकै बैंकको खातामा रकम स्थानान्तरण गर्न सकिने बताइएको छ ।

सेलपे भुक्तानी सेवा उपलब्ध विभिन्न स्थानमा पनि बैंकको खातामा भएको रकम भुक्तानी गर्र्न सकिने बैंकले जनाएको छ । साथै, मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरूको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स आदान–प्रदान, बिमा रकम भुक्तानीलगायत सेवासमेत उपलब्ध हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस