जेठ ६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए ।
साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे । उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ । यतिबेला उनि बसेरै संसदमा सम्बोधन गरिरहेका छन ।