प्रधानमन्त्रीले भने, ‘म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ६, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ ६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको मंगलबार जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गर्नुका साथै आफूले भारतलाई उक्त प्रश्न गर्ने जानकारी गराए ।

उनले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्साले पाठ्यपुस्तकदेखि लिएर धेरै कुरामा परिवर्तन ल्याउने जिकिर गरे । मानचित्रमा एक खालको परिवर्तन ल्याएको र अरु धेरै कुरामा विस्तारै परिवर्तन आउँदै जाने उनको भनाइ छ ।

तर यो प्रक्रिया एकदम सजिलो भने नहुने उनले बताए । उनले भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ ।’

उनले ‘सत्मेव जयते’ भारतको चिन्हमुनी लेखिएको भए पनि विश्वासचाहिँँ आफूले गर्ने प्रष्ट पारे । उनले भने, ‘म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते रु

उनले आफूहरु सत्यमेव जयतेमा विश्वास गर्ने भएकाले नेपालका अतिक्रमित भूमि फिर्ता लिन सक्ने उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस