नेपाल बैंकले कुन-कुन क्षेत्रमा व्याजदर घटायो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ ७, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौंं । नेपाल बैंकले चैत मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत बिन्दूले छुट दिने भएको छ । बैंकले २०७६ चैतसम्म लगानी भएका कर्जाको ब्याजदरमा सो छुट दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले २०७७ वैशाख १६ गते जारी गरेको सूचनामा उल्लेख भए बमोजिम ब्याज छुट नपाउने भनि वर्गीकरण गरेका कर्जाका क्षेत्रहरू बाहेक अन्य सबै कर्जाहरूमा छुट दिने निर्णय बैंकले गरेको हो । ब्याज छुट वैशाख १ गतेदेखि लागू हुने छ । अब बैंकले चौथो त्रैमास वैशाख, जेठ, असार को ब्याजदर गणना गर्दा छुट ब्याजदरलाई कटाएर गर्नेछ ।

बैंकद्वारा २०७६ चैत्र मसान्तसम्म लगानी भएका कर्जाहरू जस्तैः हाईपोथिकेशन, अधिविकर्ष, चालुपूँजी, मार्जिन, डिमाण्ड, सूनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदीको हकमा चैत्र मसान्तको आधारदर ७।८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत बिन्दु छुट दिने व्यवस्था मिलाएको छ । यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दै–दस्तुर तिर्नेहरूको हकमा २०७६ फाल्गुण मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले सो सुविधा पाउने छैनन् । चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाख देखि असार सम्मको अवधिको ब्याजमा २ प्रतिशत बिन्दुले छुट पाउनेछन् ।

२०७७ साल वैशाखमा किस्ता तिरिसकेका ग्राहकहरूले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुबिधा प्रदान गर्दा कतिपय ग्राहकहरूले बैंकको आधार दर बराबरकै अर्थात ७।८२ प्रतिशत कै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्ने छन् ।

बन्दाबन्दीको यस विषम परिस्थितिमा पनि नेपाल बैंकले सम्भव भएसम्म न्यूनतम कर्मचारीको उपस्थितिमा सुरक्षाका उपायहरू अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङलगायतका कारोबारहरू बिहान ११ बजेदेिख अपरान्ह २ बजेसम्म संचालन हुँदै आएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत आमग्राहकलाई विभिन्न बैकिङ सेवाहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस