‘विर गोर्खालीका सन्तान हौ, एक ईन्च माटो छोड्दैनौ’: नेता पराजुली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ८, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

अनेरास्ववियुका नेता सुदेश पराजुलीले लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालको भएको प्रमाणसहित भएकोले भारतले त्यसमा आखाँ लगाउन नहुने बताएका छन । उनले लामो समय ब्रिटिस र मुगलबाट शासित भारतले आफ्नो विस्तारवादी नितीलाई नेपालमा पनि प्रयोग गर्न खोज्नु स्वयम उसैका लागि घातक हुने बताए ।

सिमा र भुमीको विषयमा अनेरास्ववियुले ठुलो लडाई लडेको बताउदै नेता पराजुलीले भने–’हाम्रो देश भन्दा हाम्रो जिवन किर्माथ ठुलो होईन, हाम्रा विर पुर्खाले हामिलाई यहि गतिलो पाठशालामा हुर्काएका विर गोर्खालीका सन्तान हौ’, नेता पराजुलीले थपे– ‘लामो वर्ष मुगल र ब्रिटिस ईण्डियाबाट शासित र गुलाम भएर स्वतन्त्र भएको धेरै वर्ष भएको छैन,भारत आज आएर स्वाभिमानी नेपालीहरु हाम्रो भुमीमाथि धावा बोलिरहेको छ । एकचोटि भारतले विर गोर्खाली ईतिहासलाई हेर्न चुनौती दिन चाहान्छु ।’ नेता पराजुलीले अहिले नेपाल सरकारले जारी गरेको नेपालको नक्साले विर गोर्खालीको पहिचान स्थापित भएको समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस