संविधान संशोधन विधेयक : मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै संसदमा दर्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ९, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाण्डौ । मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयलगत्तै अनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफे संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेकी थिइन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर बुधबार जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो । सरकारले ‘नेपालको संविधानको अनुसुचि ३ मा रहेको नेपालको निशाना छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले’ संविधान संशोधन गर्नुपर्ने कारण देखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस