निशान छाप परिवर्तन : संसदमा दर्ता भयो संविधान संशोधन विधेयक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ९, शुक्रबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाण्डौ । सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको छ । शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दर्ता गरेको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनकारी दिए ।

शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अनुसूची ३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कानुनमन्त्री तुम्बाहाङ्फेले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निशान छाप अंकित नेपालको नक्सालाई नेपालको वास्तिवक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन प्रस्ताव पेश गरिएको ‌संशोधन विधेयककको उद्देश्य र कारणमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस