जेठ १०, काठमाण्डौ । नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सार्वजनिक भएको नेपालको नयाँ नक्सालाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो ।