भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव गरौँ : नेता थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १०, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव अघि सारेका छन् । सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । त्यसअनुसार निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ ।

कांग्रेस संसद थापाले राष्ट्रिय प्रतिवद्धताको विषय भएकाले संविधान संशोधन प्रस्ताव द्रतुगतिमा सर्वसम्मत पास गर्नुपर्ने बताएका छन् । नेपालको नयाँ नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाईमा महत्वपूर्ण अध्याय सुरु हुने उनले बताए ।

‘यस उप्रान्तको काम कूटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ । यतिखेर भारतले नेपाली भुभामा उपस्थितिसँगै नियन्त्रण राखेको छ’ उनले भनेका छन्, ‘अबको बाटो भनेको हामीले हाम्रो भूभागबाट भारतीय उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण कायम गर्ने ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस