जेठ १२,विरगञ्ज । मृत्य भएर दाहसंस्कारसमेत गरिसकिएका ७० वर्षीय वृद्धमा कोरोना पोजिटिभ पाइएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी नेशनल अस्पताल सिल गर्ने तयारी गरेको छ । साथै अन्य कन्ट्याक्ट ट्रेसिङको पनि काम गर्ने तयारी सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन ।
कोरोना आशङ्कामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको स्थानीयको गुनासो छ । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि शव दिइनुले अस्पतालको कमजोरी देखिएको र त्यस सम्बन्धमा छानबिन सुरु गरिएको बताए ।