दलित महिला न्यायको लागि अस्पतालबाट गुहार्दै….

Post Thumbnail

जेठ १५,सिरहा। शनिवारका दिन साँझ सिरहाको कल्याणपुर नगरपालिका–११ स्थितका रिंकु महराको श्रीमान रोजगारीको शिलशिलामा गत वर्ष खाडीमूलुक कतार गएको मौका छोपी सप्तरी जिल्ला सिसबाकटी कडा नम्बर–६ का हाल कल्याणपुर नगरपालिका–११ बस्ने उमेश प्रसाद साहका छोरा २३ वर्षको गाँधी साहले सोही कल्याणपुर नगरपालिका–११ बस्ने हरिशरण महराको श्रीमती रिंकु महारलाई पटक पटक फोनगरी अनैतिक संम्बन्ध राख्न गरेको प्रस्तावलाई अस्विकार गर्दा कल्याणपुर नगरपालिको छेउमा काखमा बच्चा समातेर आफनो घरतर्फ गईरहेको अवस्थामा दलित महिलालाई मरणासन्न गरि कुटपिट गरेको हो ।

रिंकु महरालाई कुटपिटको क्रममा शरिरभरी र टाउकोमा चोट लागेकोले शनिवार साझँ मेडिसिटी होस्पिटल मुस्हर्निमा धनगढीमाई नगरपालिका सिरहामा भर्ना भई उपचार गराइरहेकी छीन । उनले भनिन्–’कुटपिट गर्ने अपराधी खुलेआम घुमिरहेको छ । उसलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरेको दुई दिनमै छोडेको हो । रिंकु महराले मलाई टाउँको गम्भिर चोट लागेको छ उपचार गराउदै छु तर अपराधिलाई छोडेकोले मलाई न्याँय दिलाई दिनका लागि नागरिक समाज, पत्रकार, मानवअधिकारवादी, राजनैतिकदल, र सरकारसँग आग्रह गर्दुछु ।’ उनले थप भनिन – ‘म जस्ता गरिब दलित महिलालाई अन्यायमा परेको बेला कुनैपनि सरोकारवालाहरुको चासो र सहयोग नपाउनु दुःखद हो । त्यसैले मेरो आग्रह छ कि मलाई न्याँय दिलाई दिनुस ।’ रिंकु महराको आर्थिक कमजोर समेत रहेको छ । ३ छोराको आमासमेत रहेकी रिंकु महराले औषधी गर्न ऋण लिएर उपचार गराईरहेकी बताईन । लकडाउनमा साहुले ऋण दिन मान्दैनन त्यहिपनि उपचार भईरहेको छ । रिंकु महरालाई उपचार गराउन कुरुवा बसेको सासु र भाइ जयकिशोर महराले उपचार गराईरहेका छन् ।

रिंकु महराको आफन्त कल्याणपुर नगरपालिक– ११ बस्ने उमेश महरो न्यायको लागि जाहेरी दर्ता गराउन आईतबार नै डिएसपी सन्तुलाल प्रसाद जैसवारलाई दिएकी थिइन् तर दर्ता गर्न आलटाल गरिरहेको उनले बताईन् । दलित अधिकारकर्मि संजय महराका अनुसर दलित महिला रिंकु महराको दोषिलाई कारवाही गर्न अविलम्ब पक्राउ गरी कारवाही गर्नुपर्छ र रिंकु महराले न्याँय पाउनुपर्छ भन्ने हाम्रो सम्बन्धित निकायसँग आग्रह गर्दछु न्याय नपाए शान्तिपूर्ण आन्दोलन र कार्यक्रम गर्ने समेत उनले बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस