जेठ १६,काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘ हामी वार्ताको औपचारिक मितीको प्रतीक्षा गरिरहेका छौं ।’ भारतले छिट्टै त्यो मिती तय गर्छ भन्ने हाम्रो विश्वास छ ।
भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि मन्त्री ज्ञवालीले बताए । यसअघि नै नेपालले भारतलाई औपचारिक वार्ताको लागि मिती तय गर्न अनुरोध गरिसकेको छ ।
मन्त्री ज्ञवालीले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको काममा मात्र खटाउने तयारी भइरहेको पनि जानकारी दिए ।