जेठ २२, काठमाडौं । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बोलाइएको बैठकमा स्वास्थ्य आपतकालीन अवस्था र लकडाउनको स्वरूप हेरफेरबारे छलफल हुने बुझिएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन घोषणासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लैजाने निर्णय गरेको र त्यसै विषयमा छलफल हुन सक्ने स्रोतले बताएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेपछि स्वास्थ्य आपतकालीन घोषणा गर्ने मन्त्रालयको नीतिलाई कार्यरूप दिन लागेको स्रोतले जनाएको छ ।