सरकार विदेशमा फसेका नागरिकको उद्धारमा सक्रिय ! यूएईबाट १५७ जना काठमाडौँ ओर्लिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २३, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २३,काठमाडौँ । कोभिड–१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १५७ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको छ ।

सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।

सैनिक स्रोतका अनुसार यसअघि तय भएको सूचीका व्यक्ति उनीहरु होइनन् । ‘यसअघि गर्भवतीसहित अन्य समस्यामा परेका नेपाली ल्याउने तयारी थियो, त्यही अनुसार होल्डिङ सेन्टर छुट्टाएका थियौं’, स्रोतले भन्यो, ‘अब पहिलेको तयारी अनुसार नमिल्ने भएपछि पहिले विमानस्थलमा सबैको व्यक्तिगत विवरण लिएर मात्र कहाँ लगेर राख्ने भन्ने तय हुन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस