जेठ २६,काठमाडौँ । यतिबेला पूर्वसभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पामा खेतिपातीमा व्यस्त छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ । बारी जोत्दै पूर्वसभामुख कृष्णबहादुर महरा भन्दै पाण्डव शर्माले महराको तस्बिर सामाजिक सञ्जालमा हालेपछि यो खुलेको हो ।
तीन दिन उनी अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् ।
पारिवारिक सदस्यहरुका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुन्छन् । दिउँसो भेटघाट र छलफलमा बिताउँछन् । महराका ज्वाइँ पूर्ण केसीले भने, ‘उहाँ पहिलेदेखि नै कडा परिश्रम गर्ने मान्छे हो, अहिले पनि उस्तै काम गर्नु हुन्छ । जोत्ने, खन्ने, छर्ने सबै काम आउँछ उहाँलाई ।’ उनलाई जेठो छोरा एटमले सघाउने गरेको केसी बताउँछन् ।