राप्रपा निकट दुबै विद्यार्थी संगठनहरु छिट्टै एकता गर्न सहमत !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ९, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ९, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका दुई विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन संयुक्त बिच एकीकरण गर्नका लागि निर्माण गरिएका दुई वार्ता समिति बिच आज पहिलो चरणको बैठक भएको छ। राप्रविसंका तर्फबाट वार्ता संयोजक वरिष्ठ उपाध्यक्ष शशी भण्डारी, वार्ता सदस्य महासचिव जनक फडेरा र राप्रविसं संयुक्तका तर्फबाट बार्ता संयोजक युवराज रानालगायतका सहभागी भएको राप्रविसं केन्द्रीय महासचिव जनक फडेराले जानकारी दिए।

आजको बैठकमा दुवै पक्षले आफ्नो(आफ्नो संगठनको विधान हस्तान्तरण गरेका थिए, बैठकले पुन संयुक्त बैठक बसि संगठनको एकतालाई मुर्तरुप दिने र छिट्टै संयुक्त सचिवालय निर्माण गरि राष्ट्रियताको पक्षमा र शैक्षिक विकृति विरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको फडेराले जानकारी दिए । यस अघि गत वर्ष फागुनमा माउ पार्टी राप्रपा र राप्रपा९संयुक्त० बिच एकीकरण भए पश्चात जनवर्गीय संगठनहरु बिचपनि एकता गर्ने क्रमको सुरुवात स्वरुप गत शनिबार राप्रविसं र आईतबार राप्रविसं संयुक्तले आफ्नो(आफ्नो तर्फबाट वार्ता समितिहरु निर्माण गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस