लिभरपुलले जित्यो प्रिमियर लिग उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ अषाढ १२, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाण्डौ । इङ्ग्लीस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा लिभरपुलले उपाधि उचालेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा लिभरपुल च्याम्पियन बनेको हो ।

लिगमा ७ खेल बाँकी हुँदा २३ अंकको स्पष्ट अग्रताले लिभरपुललाई उपाधि दिलाएको हो । योसँगै लिभरपुलले पछिल्लो ३० वर्षपछि उपाधि उचाल्दै लिगको बलियो टोलीको रुपमा आफूलाई स्थापित गरेको छ ।

लिभरपुलले यसअघि सन् १९८९–९० को सिजनमा उपाधि हात पारेको थियो । त्यसपछिको जितेको पहिलो उपाधि हात पारेपछि लिभरपुलका समर्थकले एनफिल्ड बाहिर र्‍याली निकालेका छन् ।
नोबेल कोरोना भाइस कोभिड १९ ले गर्दा सार्वजनिक स्थानमा भेला नहुन सरकारको निर्देशन भए पनि पहिलोपटक लिगको उपाधि जितेको लिभरपुलका समर्थक सडकमा उत्रिएर जीतको उत्सव मनाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस