इंग्लिस प्रीमियर लिगमा चेल्सीको सहज जित, चौथो स्थानमा उक्लियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ अषाढ २१, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौ । गए राति भएको इंग्लिस प्रीमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वाटफोर्डमाथि ३(० गोलको सजह जित निकालेको हो । चेल्सीको जितका लागि ओलिभर जिराड, विलियन र रोस बार्कलीले एक एक गोल गरे । पहिलो हाफमा २(० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

खेलको २८ औं मिनेटमा जिराडले गोल गर्दै अग्रता दिलाए । उनले बार्कलिको पासम गोल गरेका थिए । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा विलियनले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २(० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बार्कलिले गोल गर्दै चेल्सीलाई ३(० गोलको जित दिलाए ।

जितसँगै चेल्सी म्यान्चेस्टर युनाइटेडलाई दुई अंकले पछी पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ५७ अंक छ । पराजित वाटफोर्डको समान खेलमा २८ अंकसहित १७ औं स्थानमा छ ।

त्यस्तै गएराति नै म्यानचेस्टर युनाइटेडले बोर्नमाउथमाथि ५(२ को शानदार जित हासिल गरेको थियो । युनाइटेडको जितमा मासन ग्रीनवूडले २ गोल गरेका थिए भने मार्कस राशफोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फेर्नान्डेजले एक एक गोल गरेका थिए । त्यस्तै बोर्नमाउथका लागि जुनियर स्टानिसलस र जोशुआ किंगले एक एक गोल गरेका थिए । योजितसँगै म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५५ अंक भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस