फिफा अध्यक्ष इन्फान्टिनोले राजीनामा नदिने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ श्रावण २०, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाण्डौ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका उपमहासचिव अलास्डर बेलले फिफका प्रमुखका बारेमा भइरहेको हालको विवाद संस्थाको नाम पुनः स्थापित गर्ने प्रयासमा पश्चकदम रहेको बताएका छन् ।
गएको हप्ता स्वीट्जरल्याण्डका अधिकारीहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि कानूनी अनुसन्धान सुरु गरेका थिए । स्वीस महान्यायाधीवक्ता माइकल लाबारसँगको भेटलाई लिएर अनुसन्धान सुरु भएको हो । दुवै व्यक्तिले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।

फिफा वा इन्फान्टिनो दुवैलाई आरोप कसले लगायो वा कसरी आयो भन्ने जानकारी नरहेको उनले बतानए । जियानी ओरालो लागेको वा उनी विफल भएको देख्न चाहनेहरु वा पूर्व अध्यक्ष सेप क्लाटरको पक्षका व्यक्तिहरु आरोपको पछि हुन सक्ने तर्फ उनले संकेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस