भाद्र ६, काठमाण्डौ । स्पेनिस क्लब सेभियाले सर्वाधिक छैटौं पटक यूईएफए युरोपा लिगको उपाधि जितेको छ । शुक्रबार रातिको फाइनल खेलमा उसले इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै उपाधि जितेको हो ।
उसले युरोपा लिगमा ऐतिहासिक छैटौं जित निकालेको छ । यसअघि उसले सन् २००६, २००७, २०१४, २०१५ र २०१६ मा पनि जित लिग जितेको थियो । सबैभन्दा धेरै ६ पटक युरोपा लिग जित्ने एकमात्र टिम पनि सेभिया नै हो । यता इन्टर मिलान भने पाँच पटक फाइनलमा पुग्दा तीन पटक विजेता र दुई पटक उपविजेता बनेको छ ।