असोज १, काठमाडौं । इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले निर्णायक तेस्रो तथा अन्तिम एकदिवसीयमा जीत निकालेको छ । म्यानचेस्टरमा भएको खेलमा अस्ट्रेलियाले कठिन अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ३ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा विकेट गुमाएर रन बनाएको थियो । उसका लागि ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेल्दै ११२ रन बनाए । त्यसैगरी साम बिलिङ्सले ५७ रन बनाए भने क्रिस वोक्सले अविजित ५३ रन बनाए । अस्ट्रलेयाका मिचेल स्टार्क र एडम जाम्पाले ३(३ विकेट लिए ।
जवाफमा ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दुई बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । यद्यपि उसको सुरुवात भने राम्रो हुन सकेन । कप्तान एवम् ओपनर एरन फिन्च १२ रनमै पेभेलियन फर्किएका थिए भने त्यसलगत्तै आएका मार्कस स्टोइनिस सम्हालिन नसक्दा क्याच आउट हुन पुगे । अर्का ओपनर डेभिड वार्नर पनि २४ रनमा आउट भए भने मिचेल मार्श २ रनमै पेभेलियन फर्किँदा मार्नस लबुशान २० रनमा रनआउट भए । त्यसबेला अस्ट्रेलियाको स्कोर ७३(५ थियो ।
त्यसपछि आएका एलेक्स केरी र ग्लेन म्याक्सवेलले अस्ट्रेलियाको इनिङ उकासे । यी दुवै ब्याट्सम्यानले शतकीय पारी खेले भने २१२ रनको कीर्तिमानी साझेदारी गर्दै अस्ट्रेलियालाई हारको मुखबाट निकालेर जीतको दैलोमा पुर्याए । म्याक्सवेलले ४ चौका र ७ छक्का मद्दतले १०८ रन बनाए भने एलेक्स केरीले करियरको पहिलो शतक प्रहार गर्ने क्रममा ७ चौका र २ छक्का मद्दतले १०६ रन बनाए ।
केरी आउट हुँदा अस्ट्रेलियालाई ६ बलमा १० रन आवश्यक थियो । मिचेल स्टार्कले पहिलो बलमै छक्का प्रहार गरे भने चौथो बलमा चौका प्रहार गर्दै अस्ट्रेलियालाई जीत दिलाए । जीतसँगै तीन खेलको श्रृंखला अस्ट्रेलियाले २(१ ले आफ्नो नाममा गरेको छ । खेलको ‘म्यान अफ द म्याच’ तथा श्रृंखलाकै उत्कृष्ट खेलाडी दुवै अस्ट्रेलियाका ग्लेन म्याक्सवेल घोषित भए । इंग्ल्यान्डले २०१५ को सेप्टेम्बरयता घरेलु एकदिवसीय श्रृंखला गुमाएको थिएन ।