असोज ३, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेल गराउन पाउँ भन्दै राष्ट्रिय खेलकुद परिषद् राखेपमा निवेदन दर्ता गराएको छ । एन्फाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बिहीबार राखेपमा निवेदन दर्ता गराएको हो । एक साताअघि मात्र एन्फालाई नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न तीन देशले प्रस्ताव गरेका थिए । उनीहरूले नेपालमै आएर मैत्रीपूर्ण खेल खेल्न तयार रहेको भन्दै एन्फालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो ।
त्यस्तै एन्फाले प्रशिक्षणसमेत सुरु गर्न पाउँ भन्दै राखेपमा निवेदन दर्ता गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले अन्य देश मैत्रीपूर्ण खेलका लाग नेपालमै आउन तयार भएको र लामो समय खेलाडी प्रशिक्षणविहीन भएकाले राखेपमा निवेदन दर्ता गराएको बताए ।