आइपिएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई पराजित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन ४, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नई सुपरकिंग्सले विजयी सुरुवात गरेको छ । चेन्नईले शनिबार राति सकिएको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्‍यो । मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्‍यो । चेन्नईका लागि आम्बाती रायुदुले ४८ बलमा ७१ रन जोडे। यस्तै फाप डु प्लेसिसले नटआउट ५८ रनको योगदान दिए ।

बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स पाटिनसन, जसप्रित बुमराह, राहुल चाहर र क्रुनाल पाण्ड्याले १,१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन जोड्यो । मुम्बईका लागि सौरभ तिवारीले सबैभन्दा बढी ४२ रन जोडे । क्वान्टन डे कक ३३ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । बलिङमा चेन्नईका लुङ्गी एनगिडीले ३ विकेट लिए। यस्तै दीपक चाहर र रवीन्द्र जडेजाले २,२ विकेट हात पारे । आइपिएलमा आइतबार राति दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जावबीच खेल हुँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस