आईपीएल : सन्दीपको टिम दिल्लीको पहिलो हार, हैदरावाद विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन १४, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली लेग स्पीनर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले पहिलो हार चाखेको छ । मंगलबार राति यूएईमा भएको तेस्रो खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६२ बनाएको थियो । १६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । सुरुवातमा राम्रो खेल प्रदर्शन गर्न नसक्दा दिल्ली मध्यम लक्ष्य चुम्न असफल भएको हो । ​

हैदरावादका लागि डेविड वार्नरले ४५ रन बनाए।त्यसैगरी जोन ब्रेस्टोले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ५३ रन बनाए । केन विलियम्सनले ४१, अब्दुल सामदले १२ रन बनाए । दिल्लीका अमित मिश्रा र कागिसो राबाडाले दुई–दुई विकेट हात पारे । ओपनर पृथ्वी शा दुई रनमै आउट हुँदा दिल्लीको ब्याटिङ सुरुमै धर्मराएको थियो । शिखर धवनले ३४, सिमरन हिटमेयरले २१, रिसव पन्तले ३२, श्रेयस ऐयरले १७ र मार्कुस स्टोइनसले ११ रन जोडे । बलिङमा रासिद खानले तीन र भुवनेश्वर कुमारले २ विकेट झारे । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अवद्ध टिम दिल्लीले तीन खेल खेल्दासम्म सन्दिपलाई बेन्चमै राखेको छ ।

पहिलो हारसँगै दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक बनाएको छ । पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको दिल्लीले दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको थियो । दिल्लीमाथिको जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । हैदरावाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रन र दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हैदरावादले दिल्लीसामू पहिलो जित दर्ता गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस