असोज १७, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत शुक्रबार साँझ भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गरेको छ । दुबईमा भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदरावादले दोस्रो जित दर्ता गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो ।
चेन्नेइका लागि रविन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि लक्ष्य भेट्न सकेन । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन बनाए । फाप डु प्लेसिसले २२ रन बनाए भने साम करन १५ रनमा अविजित रहे । हैदरावादका टी नटराजनले दुई विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट हात पारे । यसअघि पहिलो ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदरावादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै अविशेक शर्माले ३१, मनिस पाण्डेले २९ र कप्तान डेभिड वार्नर २८ रनमा आउट भए । चेन्नईका दिपक चाहरले दुई विकेट लिए भने शार्दुल ठाकुर र पियुस चावालाले १र१ विकेट हात पारे । योसँगै हैदरावादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।