एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन १९, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले लिभरपुललाई ७-२ गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लासँग भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा लिभरपुलको लज्जास्पद हार भएको हो । भिल्लाको जितमा ओले वाटकिन्सले ह्याट्रिक गरेका थिए भने ज्याक ग्रिलिशले दुई गोल गरेका थिए । त्यस्तै जोन म्याकगीन र रोज बार्कलीले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि दुवै गोल मोहमद सलाहले गरेका थिए ।
प्रिमियर लिगको इतिहासमा डिफेन्डिङ च्याम्पियन्स ७ गोल खाएर पराजित भएको यो घटना सन १९५३ पछि पहिलो पटक हो । १९५३ मा आर्सनल सन्डरल्याण्डसँग ७ गोल खाएर पराजित भएको थियो ।

योजितसँगै एस्टन भिल्लाले अहिलेसम्म खेलेका प्रिमियर लिगका तिनै खेल जितेको छ । ३ खेलमा ९ अंकसहित भिल्ला अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने ४ खेलमा ३ जित र एक हारसहित ९ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस