असोज २६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव पेश गरेको भोलिपल्टै दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
उनीहरूबीच सोमबार बिहान करीब एक घण्टा कुराकानी भएको छ । नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षको भेटबारे पुष्टि गरे । तर, उनीहरूबीच के कुरा भयो भन्ने बाहिर आएको छैन । कर्णालीका मुख्यमन्त्री शाही तत्कालीन माओवादी केन्द्रको कोटाबाट मुख्यमन्त्री बनेका थिए । आइतबार अविश्वासको प्रस्ताव पेश गर्नेमा १५ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी केन्द्रका सांसद छन् ।