कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : संसदीय दलमा आज छलफल गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २७, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २७, काठमाण्डौ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे संसदीय दलमा छलफल हुँदैछ । आइतबार संसदीय दलमा पेश गरिएको उक्त प्रस्तावबारे मंगलबार छलफल हुन लागेको हो । पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ गरि १८ सांसदले दलका नेता शाहीविरुद्ध प्रमुख सचेतक गुलाबजंग शाहसमक्ष अविश्वासको प्रस्ताव पेश गरेका थिए । तर, मुख्यमन्त्री शाहीले सोमबार प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाउँदै सचेतक सीता नेपालीलाई प्रमुख सचेत नियुक्त गरेका थिए ।

अविश्वासको प्रस्ताव आइसकेपछि प्रमुख सचेतक फेरेको भन्दै बहुमत सांसदहरूले त्यसलाई नमान्ने बताएका छन् । सोहीअनुसार मंगलबार शाहले प्रमुख सचेतकका रूपमा छलफल चलाउँदैछन्। यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो तर, त्यसलाई अघि सारेर ११ बजे नै बैठक तय गरिएको एक सांसदले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस