आइपीएलमा चेन्नईको यात्रा : हैदराबादलाई २० रनले हराउँदै तेस्रो जितसम्म

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन २८, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाण्डौ । सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो ।
जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ । यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैठौँ स्थानमा समेत उक्लिएको छ । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस