असोज २९, काठमाडौ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव यथावत राखेर छलफलका लागि काठमाडौँ बोलाएका पार्टीका कर्णाली प्रदेशसभाका सांसदहरुसँग आज अविश्वासको प्रस्तावलाई लिएर उत्पन्न विवाद समाधानका लागि छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार नियुक्त गरेका तीन मन्त्रीको सपथ ग्रहणलगत्तै उनीहरु छलफलमा जुट्ने तयारी भएको छलफलबाट काठमाडौँ आइसकेका कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेलले बताए ।