असोज ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि भएको छ । उनले आफूलाई कोरोना भएको सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन अनुरोध पनि गरेका छन् ।