केन्द्रकै समस्या नसुल्झेको अबस्थामा कर्णाली प्रदेश सत्तासंघर्ष, ओली र दाहालबीचको छलफल टुङ्गिएन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ३, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेका अध्यक्षद्वय ओली र दाहालले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्दै पुनः अर्को दिन बस्ने गरी सहमति गरेको नेकपा स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारूढ नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको हो । कर्णाली प्रदेश सरकारमा विवाद बढेपछि अध्यक्षद्वय ओली र दाहालले सो प्रदेशका मुख्यमन्त्री, पार्टी पदाधिकारी र सांसदलाई काठमाडौंमा बोलाएर छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस