कार्तिक ५, काठमाडौ । कोरोना संक्रमित सम्पूर्ण नागरिकको निःशुल्क उपचार गर्ने पूर्ववर्ती निर्णयबाट सरकार पछि हटेपछि चौतर्फी आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले त संस्थागत रूपमा मुख खोलिसकेको छैन ।
तर, विरोध गर्नेमा नेकपाकै नेताहरू अग्रपंक्तिमा देखिएका छन् । नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरूले सरकारको कमदको निन्दा नै गरेका छन् ।