प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवाणेबीचको छलफलमा के-के कुरा भए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २१, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुवैतर्फका अन्य प्रतिनिधि पनि सहभागी थिए । त्यसअवसरमा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएका थिए । उनले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास ब्यक्त गरे ।

नरवाणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका हुन् । बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी छन् । नेपाल र भारतबीच यस्तो खालको प्रचलन रही आएको छ । नरवाणे शुक्रबारै स्वदेश फर्किने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस