कार्तिक २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएका अनौपचारिक बैठक सकिएको छ ।
बैठकपछि अध्यक्ष दाहालले कुनैपनि हालतमा पार्टीलाई फुट्न नदिने र एकताबद्ध बनाउने विश्वास ब्यक्त गरेका छन् । उनले भनेका छन् ,‘म पार्टी कुनै पनि हालतमा फुट्न दिन्न, पार्टी एकताको लागि पहल गर्छु ।’ त्यस्तै, वरिष्ठ नेता झलनाथ खनालले पनि कसैले पनि पार्टी फुटाउन नसक्ने र आफूहरुको बैठकले पार्टीलाई एक ढिक्का बनाएर लैजाने निर्णय गरेको बताए ।