ओलीलाई दुई दिन कुर्ने निर्णय गर्दै नेकपा सचिवालय बैठक सकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २५, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २५,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालयका बहुमत सदस्यको छलफलले आउँदो बिहीबारसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको पाँच सचिवालय सदस्यको छलफलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अबको दुई दिन कुर्ने निर्णय गरेको हो ।

भोलि ९बुधबार० प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली काठमाण्डौ बाहिर जाने भएकोले बिहीबार उहाँसहितको औपचारिक बैठक बस्ने आशासहित मङ्गलबारको अनौपचारिक छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।

धुम्बाराहीमा छलफल गर्नुअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच बालुवाटार के–के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन ।

बालुवाटारबाट फर्किए लगत्तै सुरु भएको छलफलमा अध्यक्ष प्रचण्डले आफूले पर्सि ९बिहीबार० बैठक बस्छ भनेर आएको र उनि सम्भवतः सहभागी हुने जानकारी गराएका थिए। त्यसअघि प्रधानमन्त्री ओली निकट मानिने स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बस्न सहमति जनाउन नसकेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी मुख्यालय धुम्बाराहीमा मङ्गलबार ​अनौपचारिक बैठक राखेको हो ।

यसअघि पनि गएको शुक्रबार धुम्बाराहीमै सचिवालय सदस्यहरूको अनौपचारिक बैठक बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस