सचिवालय बैठक राख्न ओली तयार, शुक्रबार दिउँसो ४ बजे बैठक बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २८, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ । महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजेका लागि तय भएको नेकपाले जनाएको छ । नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था रहेको छ । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा छलफल गरेर बैठक बोलाउन अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीसँग लिखित रुपमै आग्रह गरेका थिए ।

अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा रहनुभएको थियो । राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावलगायत कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ ।

 

फाईल फोटो

ताजा अपडेट

खोजी गर्नुहोस