नेकपा सचिवालय बैठक सर्ने संकेत: महासचिव पौडेल खुमलटार पुगे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले भोलि बस्ने भनिएको सचिवालय बैठक सार्न प्रस्ताव गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान भएको भेटवार्तामा महासचिव पौडेलले भोलिको बैठक सार्ने प्रस्ताव गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उनिहरुबीच भोलिको सचिवालय बैठक र पार्टीभित्रको आन्तरिक विवादबारे छलफल भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानको प्रयास स्वरुप महासचिव पौडेललाई भेट्न खुमलटार पठाएको स्रोतले जनाएको छ । गएको कार्तिक २७ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको माग छ । प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै उनीहरुले फिर्ता नलिए बैठक नै नबस्ने बताइरहेका छन् ।

अध्यक्ष प्रचण्डले एकल रुपमा राजनीतिक प्रतिवेदन प्रस्ताव गरेका भएपनि अरु ४ जना सचिवालय सदस्यहरुले त्यो प्रस्ताव सामूहिक रहेको प्रतिक्रिया दिएका छन् । यसअघि यसबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले विभिन्न पक्षसँग छलफल गरेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर उनले प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्न सक्ने संकेत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस