पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १, बिहिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ १, बाँके । पूर्व राज्यमन्त्री तथा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । उनको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान निधन भएको हो ।

कोरोना सङ्क्रमण भएपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । पछिल्लो समय उनमा कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनका आफन्त सोहनलाल यादवले मिर्गौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवको निधन भएको जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस