माघ २, काठमाण्डौ । नेपाल र भारतबीच संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । नयाँ दिल्लीको हैदरावाद हाउसमा शुक्रबार भएको आयोगको छैठौं बैठक केहि घण्टा बसेर सम्पन्न भएको हो । सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले आआफ्ना देशका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
बैठकका क्रममा भएका सहमतिहरुमा दुई देशका मन्त्रीले हस्ताक्षर गरेका छन् । भारतको तीन–दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिजो बिहीबार नयाँ दिल्ली पुगेका हुन् ।