माघ ४, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने चेतावनी दिएका छन् । अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो आन्दोलनमा आफू पनि लाठी खान तयार भएको भन्दै ‘प्रतिक्रान्तिकाकारीको मुटु हल्लिने गरी’ लाग्न कार्यकर्तालाई आग्रह गरे ।
‘प्रतिगमन’लाई परास्त गर्न नेता– कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ । प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याउदै हिँडेको आरोप लगाएका छन् ।