नेता सुदेश पराजुली भन्छन्-‘ज्ञानेन्द्र शाहलाई धुलो चटाईयो,अब केपि ओलीको पालो’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ५, सोमबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाण्डौ । अनेरास्ववियूका प्रभावशालि नेता सुदेश पराजुलीले प्रतिगमनबिरुद्ध लागीरहनु पर्ने बताएका छन् । काठमाडौको प्रज्ञा भवनमा आइतबार अनेरास्ववियूले आयोजना गरेको उपत्यकास्तरीय विद्यार्थी भेलालाई सम्बोधनको क्रममा उनले उक्त कुरा बताएका हुन् । उनले ज्ञानेन्द्र शाह धुलो चटाईएको र अब केपि शर्मा ओलिको पालो आएको बताएका छन् ।

प्रतिगमनलाई पूरै परास्त नहुन्जेल कालो झण्डा बोकेर मैदानमा लाग्नु पर्ने समेत बताए । उनले भने,‘जबसम्म प्रतिगमनलाई बालुवाटारबाट बालकोट पुर्याईंदैन त्यतिबेलासम्म यो कालो झण्डा बोकेर अघि बढिनेछ ।’ उनले अनेरास्ववियूका केही मण्डले प्रवृत्तिका व्यक्तिहरुलाई महमा डुबेको झिँगोलाई जसरी निकालेर फालिने स्पष्ट गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस