रुकुम पश्चिममा प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट,प्रहरीको हवाई फायर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ६, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ६, रुकुम । छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा छलफल भइरहेको थियो ।

आठबीसकोट नगरपालिकामा नेकपा दाहाल–नेपाल समुह र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको थियो । उनलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलममा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस